२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने

काठमाडौँ । फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्।

वैशाख १४ देखि देशभर प्रदर्शनरत यस फिल्मका निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए।

पहिलो सातामा ६ करोड भन्दा माथि ग्रस कलेक्सन गर्ने निर्माण टिमको अनुमान छ। बुधबारसम्म फिल्मले पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको फिल्मका वितरक टिफल्क र डिसिएनको दाबी छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी हुन्। फिल्मको कार्यकारी निर्मातामा राज घिमिरे छन्।

सिनेमामा केकी र सुलक्षणसहित सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।