२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

अमेरिकामा इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप,३०० जना पक्राउ

क्यालिफोर्निया । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वद्यिालयबाट सुरु भएको विद्यार्थी आन्दोलन देशका विभिन्न भागमा फैलँदै गएको छ । यसक्रममा प्रहरीले बुधबार विभिन्न स्थानबाट ३०० भन्दा बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

प्यालेस्टाइनको पक्षमा करिब दुई साताअघि यो आन्दोलन सुरु गरिएको थियो । प्रहरीले मंगलबार रातिबाट हस्तक्षेप गरेपछि आन्दोलन झन् चर्किएको छ ।

न्युयोर्कमा प्यालेस्टाइनको समर्थनमा धेरै विद्यार्थी लागेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जेल्समा भने इजरायल र प्यालेस्टाइन पक्षधर विद्यार्थीबीच झडप नै भएको छ ।

त्यहाँ युनिभर्सिटी प्रशासनले प्रहरीलाई हस्तक्षेप गर्न आग्रह गरेको थियो । त्यसपछि प्रहरी पुगेको थियो । तर, प्रहरीका तर्फबाट आवश्यक सहयोग नभएको भन्दै क्यालिफोर्नियाका गभर्नरका तर्फबाट नै आलोचना गरिएको छ ।

गभर्नर गाभीन न्युसोमका प्रवक्ताले भनेका छन्, “सीमित रूपमा र ढिलो मात्र गरिएको प्रहरी हस्तक्षेप अस्वीकार्य छ ।”

सयौँ प्रहरी बुधबार क्याम्पस र आसपासका स्थानमा खटिएका थिए । मंगलबार राति प्रहरी खटिनुअघि नै स्थानीय डिक्सन प्लाजामा दुई पक्षका विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको थियो । सो क्षेत्रमा केही मानिसले सुरक्षाकर्मीले छिटो कदम नचालेको आरोप लगाएका छन् ।

झडप करिब दुई घण्टा चलेपछि प्रहरीले बुधबार बिहानसम्ममा अवस्था नियन्त्रणमा लिएको जनाइएको छ ।

गभर्नर न्युसोमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कानुन प्रस्ट छ । स्वतन्त्र अभिव्यक्ति हिंसा, तोडफोड वा कानुनविहीनताको अवस्थामा पुर्‍याउने गरी उत्तेजना बढाउने हुनु हुँदैन ।” –बीबीसीबाट

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।