२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

सुहाङको विजयी सभालाई सम्बोधन गर्न ओली इलाममा

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

सुहाङ विजयी भएपछि नेकपा एमालेले आज विजयी सभाको आयोजना गरेको छ । विजयी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली इलमामा आइपुग्ने एमाले इलाममका सचिव उमेश गुरुङले बताए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले रास्वपाका लिम्बु सहत १६ जना उममेदवारहरुको जमानत जफत भएको छ । ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।