२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरे

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका लागि पुगेका बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पताल तोडफोड गरेका छन्।

सोमबार बेलुका इलाम घर भई पुरानो बानेश्वर बस्ने एक पुरूष उपचारका लागि केएमसी पुगेका थिए। मृतकका एक आफन्तका अनुसार ती व्यक्ति आफै अस्पताल पुगेका थिए।

‘मोही खानुभएको रहेछ। सर्किएर गाह्रो भएपछि आफैं अस्पताल पुगेर इमरजेन्सीमा पुग्नुभएको थियो। दुई-तीन मिनेट छटपटाउनु भयो। केही छिनमा बेडबाट लड्नुभयो। सुरक्षा गार्डले उठाएर बेडमा राखिदिएका थिए। त्यति बेलासम्म कुरूवालाई औषधि लिन पठाइएको मात्र थियो। बेडमा राखेपछि उहाँको मृत्यु भयो,’ बिरामीका आफन्तले भने।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पताल तोडफोड भएको जानकारी आएको बताए।

‘तोडफोड भएको जानकारी आएपछि प्रहरीको टोली पठाइएको छ। घटना के हो बुझ्न बाँकी छ,’ एसपी अधिकारीले भने।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।