२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

उपनिर्वाचन:इलाम–२ मा कांग्रेस,बझाङमा एमालेले सुरुवाती अग्रता

बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङको प्रदेशसभामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् भने नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।

यस्तै इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।