२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

प्युठान : कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् ।

सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको छ ।

उनीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पेश गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।