२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

जापानकी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने, के छ कार्यतालिका ?

काठमाडौँ । जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणको लागि आउने भएकी छन् ।

जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

नेपाल भ्रमणअघि उनले फ्रान्सलगायत अन्य देशको पनि भ्रमण गर्नेछिन् ।

काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

कामिकावाले सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने विषयमा छलफल गर्नेछन् ।

साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।

परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।