जापान । जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले मे महिनाको ५ तारिकमा नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटहरूमा राजदूत डा सुवेदीले कूटनीतिक च्यानल तथा व्यक्तिगत रूपमा पनि नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।
आसन्न नेपालको लगानी सम्मेलनमा पनि जापानबाट ४० भन्दा बढी सहभागीहरूले भाग लिने योजना रहेको छ ।












