२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौं, बैशाख १५ । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सीधा सेटमा ६–० र ६–१ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाए । शुक्रबार अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासंग मिलेर स्वर्ण जितेकी थिइन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते । जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पारे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ पहिलो भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुमे ।

विजेतालाई सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।