काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ भने बझाङमा आइतबार बिहान ११ बजेदेखि गणना सुरुहुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको र सोहीअनुसार तल निर्देशन दिइएको बताए ।
सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए ।
इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए ।त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।












