सिमकोट । दैखेल जिल्ला भैरवी गाउँपालिका– १ को जल्जलेमा निर्माण तीब्र पारिएको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मेशिन जडान कार्य अन्तिम चरणको पुगेको पाइएको छ । मेशिन अन्वेषण स्थलमा डुवानी भएर आई पुगे लगत्तै जडान कार्यलाई तिब्रता पारिएपछि सो कार्य अन्तिम चरणमा पुगेको हो।
पेट्रोलियम पदार्थ अन्वेषण आयोजना प्रमुख दिनेश नापितले हालसम्म नब्बे प्रतिशत मेशिनहरुको जडान कार्य पुरु भएको बताए। उनले यो काम गर्नका लागि चिनीया प्राबिधिक र नेपाली कामदारले तीन सिफ्टमा कामलाई तिब्रता दिई रहेको बताए। उनले अब बढीमा पन्द्र दिनमा मेशिन जडान पूरा गरिसक्ने बताए।