२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिता:एपीएफको लगातार दोश्रो जित

काठमाडौं । एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफले नेपाल आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गरेको हो । एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । दुई खेलमा आर्मीको भने लगातार हार भयो । पहिलो दिन बुधबार आर्मी न्यु डायमन्डसंग ३–१ ले पछि परेको थियो ।

नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले साविक विजेता न्यु डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हरायो । पहिलो खेलमा प्रहरी एपीएफसंग ३–१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको भने पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ । पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्ने छ भने दोश्रोमा न्यु डायमन्डले एपीएफ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।