२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ

कास्की । कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विकलाइ पक्राउ गरेको छ ।

उनको साथबाट पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

पोखरामा डाँका चोरी र लुटपाटमा संलग्न आरोपी नरबहादुरलाई १३ वटा मुद्दा लागेको भेटिएको छ । लागुऔषध,चोरी,डाँका,लुटपाट र अभद्र व्यवहार सहित उनी विरुद्ध प्रहरीले यसअघि १३ वटा मुद्दामा अनुसन्धान गरेको प्रहरीको अपराध तथ्याङ्क रेकर्डमा भेटिएको छ । २०६२ सालदेखि नै उनी अपराधमा संलग्न रहेको एसपी थापाले जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।