२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

कतारी राजाको सवारी,नेपाली जनतालाई भारी! 

काठमाडौँ । मंगलबार अपरान्ह चार बजेतिर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उनलाई रास्ट्रपति रामचन्द्र पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

कतारी राजाको सवारी हुँंदा रुट खाली गरिएपछि यात्रीहरुले सास्ती भाेग्नु परेको छ । 

यातायात आवतजावतमा ठप्प गरिएपछि विभिन्न स्थानमा पुग्नुपर्ने यात्रीहरु पैदल हिँड्न बाध्य भएका हुन् ।

रत्नपार्क ,सुन्धारा हुँदै कोटेश्वर ,भक्तपुर जाने यातायात कुरेर त्रिपुरेस्वरमा बसिरहेकी एक महिलाले भनिन् `म यहाँ गाडि कुरेको एक घण्टा हुन लागिसक्यो । अहिलेसम्म एउटा बस आको छैन । आज कता राजा आउँछ भन्थे ,आएछन् क्यार ´ उनी थप्छिन `आफ्नो देशको जनतालाई दु:ख दिएर बाहिर देशको राजा आउँदा किन यस्तो गरेको होला ?´ 

 थानीलाई एअरपोर्टबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुर्याएपछी सडकलाई खाली गराइएको थियो  ।

दुइदिने राजकीय भ्रमणका लागि नेपाल आएका थानी बुधबार फर्कने कार्यतालिका रहेको छ ।

https://www.khabarpetika.com/2024/04/23/1685

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।