२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

के तपाई तातोपानी पिउनुहुन्छ ? यी हुन फाइदाहरु..

हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन । साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ ।

यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ । स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ ।

– मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

– तातोपानी पिउनाले शरीरको हानीकारक पदार्थ बाहिर निस्किन्छ । बिहान खाली पेट र राती खाना खाएपछि तातो पानी पिउनाले पाचनसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– एक गिलास तातो पानीमा एक कागतीको रस र मरिच र नुन हालेर पिउनाले पेटको वायु निस्किन्छ र आराम महसुस हुन्छ ।

– खाली पेटमा तातोपानी पिउनाले पिसाबसम्बन्धी रोग कम हुन्छ ।

– ज्वरो आएको बेलामा बिरामीलाई चिसो पानी भन्दा तातो पानी दिनु निकै फाइदाजनक हुन्छ । ज्वरोमा तातोपानी नै फाइदाजनक हुन्छ ।

– मनतातो पानी पिउनाले शरिरको मोटोपन कम गर्न मद्धत गर्छ ।

– मनतातो पानी पिउनाले शरीको रक्तसञ्चार चुस्त हुन्छ र रगतसँग जोडिएका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानीको प्रयोगले छालामा आउने डण्डिफोर, फुस्रोपनालाई कम गर्न मद्धत गर्छ र छालालाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– शरिरबाट पसिना निस्कनुलाई राम्रो मानिन्छ । पसिना निस्कँदा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् र पसिनाको उचित निष्कासनका लागि मनतातो पानी फाइदाजनक हुन्छ ।-एजेन्सी

https://www.khabarpetika.com/2024/04/23/1708

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।