२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन:देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन छोडेर कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका छन् ।

सोमबार नेकपाको हीरक महोत्सवमा अतिथिको रुपमा उपस्थित भएका देउवाले आफू मदन भण्डारीको बारेमा बोल्नेगरी आएपनि कार्यक्रममा कांग्रेसलाई गाली गरेको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए ।

“म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने,“मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन रु कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन रु दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ।”

उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।