२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

पर्यटन मन्त्री तामाङ भन्छन:बोर्ड सदस्य नियुक्तिमा मेरो कुनै भूमिका छैन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको तीन जना सदस्य नियुक्तिमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

आज पत्रकारहरूसँग छलफलमा बसेका मन्त्री तामाङले आफू आउनु अगाडि नै बोर्ड सदस्यका लागि क्याबिनेटले सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसको आधारमा छनोट भएको बताए ।

‘पर्यटन बोर्डको नवनियुक्त तीन जना सदस्य नै माओवादी निकट भयो, सदस्य छनोटमा विभागीय मन्त्रीको भूमिका रह्यो भन्नेमा कुनै सत्यता छैन’, मन्त्री तामाङले भने, ‘म आउनु अघिनै छनोट समिति बनिसकेको थियो र समितिले ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । संयोग म आएपछि बोर्ड सदस्य छनोट गरिएको । तर, यसमा मेरो भूमिका थियो भन्ने होइन ।’

यसैगरी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पनि छनोट तथा सिफारिस समिति गठन गरिसकेकाले निष्पक्ष रूपमा योग्य र सक्षम सीईओ छनोट हुने मन्त्रालयका सचिव डा.दीपक काफ्लेले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।