२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

हिमपहिरोका कारण बुढीगण्डकी नदीमा पानीको सतह बढ्यो ; तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

काठमाडौं । गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ ।

आइतबार बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको छ ।

नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।