२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

राष्ट्रपति रनिङ सिल्ड:उसुसहित यि खेलमा बागमती टिम च्याम्पियन

काठमाडौँ । १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको उसुमा बागमती टिम च्याम्पियन बन्न सफल भएको छ । त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्दै टिम च्याम्पिएन बनेको हो ।

यस्तै सुदूरपश्चिम ५ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दोश्रो भयो भने तेश्रो स्थानको कोशीले समान २–२ स्वर्ण र कांस्य हात पा¥यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोश्रो दिन ८ स्वर्णको टुंगो लागेको थियो ।

दोश्रो दिन सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा बागमतीका अरुण सुनारले स्वर्ण जिते ।

सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए । छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे ।

तेक्वान्दो: बागमतीनै च्याम्पियन


राष्ट्रपति रनिङ सिल्डअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा ४ स्वर्णसाथ बागमती अगाडि रह्यो । स्वर्णका अलावा बागमतीले थप १ रजत र ५ कांस्य पनि जित्यो ।

कोशी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमले ३ स्वर्ण र उत्तीनै कांस्य पायो ।
मेधश र कर्णालीले १–१ स्वर्ण हात पारे ।

जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन ७ स्पर्धाको फाइनल भएको थियो । बाँकी ५ स्पर्धाको छात्रा ४४ केजीमुनि झरना नाथ र ४६ केजीमुनि दीपा जैसी तथा छात्र ४८ केजीमुनि शिशीर ठगुन्ननले सुदूरपश्चिमलाई स्वर्ण दिलाए । छात्र ५५ केजीमुनि बागमतीका निश्चल धोली तथा छात्रा ४९ केजीमुनि कोशीकी रेस्मा भुजेलले पहिलो स्थान हात पारे ।

कराते : बागमती फेरि च्याम्पियन


राष्ट्रपति रनिङ सिल्डको मार्सल आर्ट्समा वर्चश्व जमाएको बागमती करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा ४ स्वर्ण, २ रजत र २ कांस्य पदक हात पा¥यो ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी २ स्वर्ण, ५ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसाथ लुम्बिनीले तेश्रो स्थानमा चित्त बुझायो । कर्णाली र सुदूरपश्चिम समान २–२ स्वर्ण प्राप्त गरे ।

करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएकोमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।

छात्रको ४२ केजीमुनि लुम्बिनीका शिखर नेपाली तथा ५२ केजीमुनि कर्णालीका लक्ष्मणकुमार शाही पहिलो भए । छात्राको ६० केजीमुनि सुदूरपश्चिमकी सोनिया तिरुवा तथा ४५ केजीमुनि कर्णालीकी प्रियंका शाहीले स्वर्ण चुमे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।