२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

खाँडादेवीमा अवैध रासायनिक मल:वडाअध्यक्षको फेसबुकमा पोष्ट,गाउँपालिका अध्यक्ष श्रेष्ठ के भन्छन् ?

रामेछाप । खाँडादेवी गाउँपालिकामा अवैध रूपमा रासायनिक मल बेचबिखन गरेको पाइएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य समेत रहेका शान्ति तामाङले गैर कानुनी रूपमा रासायनिक मल बेच्दै गर्दा आफुले फेला पारेको वडा नम्बर १ राकाथुमका वडाअध्यक्ष राम कुमार श्रेष्ठले बताए ।

वडा अध्यक्ष श्रेष्ठले आफ्नो फेसबुकमा एउटा भिडियो र फोटो समेत पोस्ट गर्दै रासायनिक युरिया मल अवैध रूपमा एक बोराको दुई हजार रुपैयाँ लिएर कालोबजारी गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो वडाका जनताको लागि पटकपटक आग्रह गर्दा पनि मल नपाएको तर यसरी अवैध रूपमा गाउँपालिकाकै मिलेमतोमा कालो बजारी गरिएको आशंका व्यक्त गरे ।

के भन्छन् गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ ?

यस विषयमा थप बुझ्नको लागि हामीले गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्दा उनले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने ‘मलाई पनि यो विषय थाहा थिएन । वडाअध्यक्ष ज्यु ले फेसबुकमा हाल्नु भएपछि मात्रै थाहा पाए ।’ गाउँपालिका अध्यक्षले यस विषयमा बिहिबार पालिकामा बैठक बसेर सत्यतथ्य छानबिन गर्ने बताए । उनले अवैध रूपमा कालोबजारी गर्ने जुनसुकै व्यक्ति भए पनि कानुन अनुसार कार्वाही गरिने जानकारी समेत दिए । गाउँपालिकालाई ती मल कसरी र कँहाबाट आयो भन्ने जानकारी समेत थाहा नभएको उनले बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले यस विषयमा थप प्रष्ट गर्दै आफ्नो फेसबुकमा समेत यसरी लेखेका छन् :

रासायनिक मल वितरण गर्ने सन्दर्भ:

‘विगतका वर्षमा मलको आपूर्ति र वितरणमा राष्ट्रिय समस्या रहेको हाल न्यूनतम स्थानीय तहमा वितरण भै रहेको व्यहोरा सबैमा अनुरोध छ। खाँडादेवी गाउँपालिकाको कृषि शाखाबाट सरकारी कोटा सिफारिस गर्न पाउने र थप माग समेत गर्दै आएको छ। विगतमा सम्बन्धित वडाहरूको सहकारीलाई वितरण गर्ने जिम्मा दिइदा सहकारीले टोल छिमेकलाई मात्र दिइको भन्ने गुनासो भए पश्चात ४,५,६,७,८ र ९ नं वडाहरूको वितरण गर्ने जिम्मा वडा नं। ४ को सक्रिय कृषक उद्यम कृषि सहकारी संस्था लिमिटेडलाई दिइदै आएको र उक्त संस्थाले सम्बन्धित वडाको अध्यक्षहरूको समन्वयमा वितरण गरी रहेको छ।
सुनकोशी आसपासका वडा मूलत् १ नं। वडाको स्थानीय सहकारीले कोटा वरावरको अनुमति लिदै आएको छ। सरकारी कोटा भित्रको लागो भएको मल बढी मूल्यमा बिक्रि वितरण भयो भन्ने गुनासो प्रति पालिकाको ध्यानाकर्षण भएको छ। यसको तत्काल छानबिन हुनेछ। सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा कारोवार नगर्न र गुणस्तरमा ध्यान दिन क्रेता र विक्रेता सबैमा अनुरोध गरिन्छ। ढुवानी वा अन्य कुनै कारण मूल्य बढी लाग्ने भएमा सम्बन्धित वडा तथा पालिकालाई औपचारिक जानकारी गराउन समेत अनुरोध गरिन्छ ।’

यस विषयमा बुझ्न वडा सदस्य शान्ती तामाङलाई सम्पर्क गर्दा उनको भने सम्पर्क हुन सकेन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।