२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

अवैध लागूऔषध चरेशसहित बम बहादुर पक्राउ

बर्दिया : बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो ९ सय ५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका-५ बस्ने ३४ वर्षीय बम बहादुर पुन पक्राउ परेका छन् । 

बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई उक्त पर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित घर भाडा लिई बस्ने रूकुम पश्चिम सानो भेरी गाउँपालिका-६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुनको घर तलासी गर्दा लुकाई छिपाई राखेको ४ किलो चरेस जस्तो देखिने   पर्दाथ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।