२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

राखेप सदस्य सचिव घिसिङले भने-‘खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्छ’

काठमाडौं, बैशाख २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबै भन्दा ठूलो प्रतियोगिता हो । यसलाई भब्य र सफल बनाउनु हामी सबैको कर्तब्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगितासंग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ ।’

सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए ।

सदस्य–सचिव घिसिङले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउदै आगामी दिनमा खेलाडीलाई खाना÷बसोवास बाहेक ‘पकेट मनी’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि सुरु हुँदैछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।