२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

आजबाट औपचारिक रुपमा हामी पनि आयौं 

हजारौंको संख्यामा रहेका नेपाली अनलाइनहरुको माझमा आजबाट खबर पेटिका डटकमले पनि औपचारिक रुपमा प्रारम्भ सुरु गरेको जानकारी गराउन पाउँदा हामी खुसी छौँ । खबर पेटिका अर्थात सत्य, तथ्य खबर उत्पादन,सम्पादन र प्रकाशन गर्ने र समाचारको भण्डार राख्ने ठाउँ । खबर पेटिका मिडिया प्रा.लि. द्वारा सञ्चालित खबर पेटिका डटकमले एउटा मात्रै बिटको विषयवस्तु र क्षेत्रलाई प्राथमिकतामा नराखेर समाचार बन्न योग्य र समाजलाई सकारात्मक दिशामा लैजान प्रेरित गर्ने सबैखाले जल्दाबल्दा समसामयिक मुद्दालाई प्राथमिकता दिने कोसिस गर्नेछौँ ।

पत्रकारिताको आदर्श, मुल्य, मान्यता र सिद्वान्तलाई ध्यानमा राख्दै कुनै व्यक्ति वा राजनीतिक विचारको एकलौटि मुखपत्र नबनी अनलाइन पत्रकारितामा बेग्लै उपस्थिति जनाउने प्रयास खबर पेटिकाले गर्नेछ । २१ औ शताब्दीको यो युगलाई सञ्चार तथा सुचना प्रविधिको रुपमा चिनिरहेको बेला हामीले यो पोर्टल सञ्चालनमा ल्याउनु नौलो होइन । नौलो त हामिले के गर्दछौ र अबको हाम्रो कदम कसरी अगााडि बढ्छ भन्ने प्रश्न महत्वपुर्ण हो । प्रविधिको विकास सँगै आम नागरिकमा सूचनाको भोक लाग्ने लत नै बसिसकेको छ । अहिलेको युगमा सूचना, समाचार, ज्ञान, मनोरन्जन दिने सबैभन्दा सहज माध्यम सञ्चार हो । त्यसमा पनि डिजिटल मिडिया अर्थात अनलाइन न्यूज पोर्टल ।

नेपालको संविधान २०७२ ले मुलुकलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को रुपमा औपचारिकता दिएको छ । हाल देशमा संघीयता लागु भएर शासन व्यवस्था त्यसै अनुरुप चलिरहेको छ । जसअनुसार अहिले मुलुकमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । सबै पालिकामा गरी कूल ६ हजार ७४३ वडा र ३७ हजार २० जना जनप्रतिनिधि छन् । देशमा भ्रष्टाचार मौलाइ्हेको बेला हामी देशैभरका स्थानीय तहमा भएका जनप्रतिनिधिलाई थप जिम्मेवार, जवाफदेही र पारदर्शि बनाउन खबरदारी गर्दै अगाडि बढ्ने छौँ।

पत्रकारिताको अध्ययन गरिरहेको हाम्रो लागि यसले थप प्रयोगात्मक र व्यवहारिक बनाउनेछ । यस बीचमा हामीलाई प्रारम्भ गर्न होसला दिनुहुने, निरन्तर रुपमा सल्लाह दिइरहनेहुने आदरणीय व्यक्तित्वहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । साथै हरेक विचार, राजनीति र सचेत नागरिकसंग हातेमालो गर्दै यात्रा गर्ने उदेश्यका साथ यात्रामा निस्किएका छौं । तसर्थ सबै सरोकारवाला पक्ष र पाठकका रचनात्मक सुझाव र आलोचनालाई हामी सधैं स्वागत गर्ने छौं । तपाईंहरूसँग भएका महत्वपूर्ण जानकारी, सूचना, लेख, रचना र आफ्नो व्यवसायको विज्ञापन आदि उपलब्ध गराई यहाँहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ । सहयोग र सम्पर्कका लागि खबर पेटिका डटकमको इमेल ठेगाना news@khabarpetika.com मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद! #सम्पादकीय

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।