नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरेको झन्डै एक दशक पुग्नै लागेको छ ।  नेपाल विद्युत प्राधिकरणमा पहिलोपटक कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएपछि देशलाई लोडसेडिङ मुक्त गराइएको थियो । 

घिसिङको गृहजिल्ला चाहिँ रामेछाप हो । रामेछापमा भने त्यसअघि देखि नै लोडसेडिङ मुक्त थियो । लगभग रामेछापका सबै गाउँ-गाउँमा विजुली पुगेको छ । सबै घरपरिवारले विजुलीको प्रयोग गरिरहेका छन् । 

यसैबीच झन्डै १६ बर्षदेखि विजुली बत्ती गाउँमा पुगेर पनि आर्थिक अभावका कारण प्रयोग गर्न नसकिरहेका रामेछाप मन्थली नगरपालिका -१० चनखु स्थित ३ घर परिवारमा  उज्यालो लिएर रामेछाप काठमाडौ सृजनशिल समाज पुगेको छ । संस्थाको स्थापना कालदेखि नै विभिन्न सामाजिक काम गर्दै आइरहेको यस संस्थाले भर्खरै चनखुका तीन घर परिवारमा विजुली बत्ति जोडि दिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

१६ वर्ष हुँदा समेत अध्यारोमा जीवन गुज‌ारिरहेका सुन माया तामाङ ,मोति तामाङ र खडग कुमारी बोहोराको घरपरिवारलाई ” चनखु उज्यालो सेवा”  कार्यक्रम अन्तर्गत संस्थाको आर्थिक सहयोगमा मिटर, तार, बल्व, खरिद गरि मिस्त्री समेत लगाएर  बत्ती जाेडी दिइएको  संस्थाकाे कार्यक्रम संयोजक एवम् आजीवन सदस्य तारादिप बुढाथोकीले बताए ।

बत्ति जोडिएपछी तीनै घरपरिवारका सदस्यहरु खुशी भएका छन् । 

वडा प्रतिनिधि सहित संस्थाको सदस्य उत्तम चाैहान र कमल कार्कीकाे पनि उपस्थिति रहेकोे थियो ।

चनखु उज्यालो सेवा कार्यक्रमका सहयोगीहरु :-

१. तारादिप बुढाथोकी रु १०००/-

२. कृष्ण हरि बुढाथोकी रु १०००/-

३ यम विक्रम पाैडेल रु १०००/-

४.राधाकृष्ण खड्का रु ५००/-

५. केशव फुयाँल रु १०००/-

६ रमेश अछामी रु ५००/-

७ कमल कार्की  रु १३००/-

८. हरि विक्रम कार्की रु ३०००/-

९ नारायण खड्का रु १००५/-

१० उत्तम चाैहान ३२४५/-

११ भरत कार्की रु ५०५/-

१२ सहयाेगी मन रु १००५/-

१३ बाबु खड्का ५५५/-

१४ सुमन गिरि रु ५०५/-

१५ सिहंराज याेन्जन रु ५५५/-

१६ सुनिल बस्नेत रु १०००/-

१७ सिताराम ढुंगेल रु ५००/-

१८  उत्तम कुमार श्रेष्ठ रु ५००/-

१९ अरुण प्रशाद अधिकारी रु ५०५/-

२० साेम बुढाथोकी रु १२९८/-

२१ सरिना घिसिङ रु १०००/-

२२ राजेन्द्र गुरागाईं रु १०००/-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0