काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले फाइदा लिइरहेको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा उनले सेयर बजारमा चलखेल गर्नेलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले साधारण लगानीकर्तालाई संरक्षण गर्न अर्थमन्त्रीले नियामकलाई निर्देशन दिनुपर्ने बताए ।
“इनसाइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “बजारको सिस्टम बुझेकाले फाइदा लिने अहिलेको परिपाटीलाई अन्त्य गर्नुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1