२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

नेपाल पौडी संघको पाँचौ साधारण सभा काठमाँडौमा हुँदै

काठमाडौँ । नेपाल पौडी संघको पाँचौ साधारण सभा तथा चुवावी अधिवेशन हुने भएको छ । संघको साधारण सभा आगामी २०८१ वैशाख ८ गते काठमाँडौमा हुन लागेको संघको महासचिव जगतमान श्रेष्ठले जानकारी दिए ।

रास्ट्रिय खेलकुद परिषद्(राखेप)मा विशेष खेलकाे रुपमा दर्ता भएको यस संघकाे ६ वटा प्रदेश समिति गठन भएको छ भने गण्डकी प्रदेशमा बाँकी रहेको छ ।

संघको विधान अनुसार हाल रहेको तदर्थ समितिबाट २४ जना, प्रदेश संघबाट ११ जना,टेक्निकल र ओलम्पियनबाट एकएक जना गरि जम्मा ३७ जना प्रतिनिधि हुने व्यवस्था रहेकाे छ । देशमा नयाँ संविधान लागु भएपनि खेलकुद विकास ऐन तथा नियमावली नबन्दा रोकिरहेको संघको अधिवेशन खेलकुद विकास ऐन २०७७ तथा खेलकुद नियमावली २०७९ अनुसार योे पहिलो अधिवेशन हुन लागेको हो ।

परिवर्तित ऐन र नियमावली अनुसार राखेप सदस्य सचिव स्तरिय २०८० साउन ७ गते भएको निर्णय अनुसार तीन महिनाभित्र साधाण सभा तथा अधिवेशन गर्नेगरि अशाेक बज्राचार्यको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । तीन महिने समयसिमा गुज्रिएपनि एसियन गेम्स तथा विश्व पौडी प्रतियोगिताको अन्तिम छनौट प्रतियोगिता जस्ता महत्वपूर्ण खेलहरुले गर्दा अधिवेशन गर्न ढिलाइ भएको संघले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।