२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

नयाँ शैक्षिक सत्र सुरु नहुँदै जुम्ला पुग्यो पाठ्यपुस्तक

जुम्ला — नयाँ शैक्षिक सत्र सुरु नहुँदै जुम्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न थालेका छन् । पहिलोपटक शैक्षिक सत्र सुरु हुनुभन्दा झण्डै दुई हप्ताअघि नै पाठ्यपुस्तक विद्यालयहरुमा पुगेका हुन् । पहिले शैक्षिक सत्र सुरु भएको एक महिनासम्म पनि विद्यार्थीहरुले पाठयपुस्तक नपाएर पुराना पाठ्यपुस्तक पढ्न बाध्य थिए । तर यो पटक चैत ११ गते देखि पाठ्यपुस्तक जुम्लामा पुगिसकेका हुन् ।

गत वर्षहरुमा फागुनमा शैक्षिकसत्र सुरु हुंदा चैत वैशाख महिना सम्म मात्र पाठ्यपुस्तक पुग्ने गरेका थिए । जीप स्टेशनरीका सञ्चालक गणेश बहादुर रोकायाले कक्ष १ देखि १० सम्मका झण्डै १० हजार भन्दा बढि पाठ्यपुस्तकका सेट आइपुगेको बताए । ‘अहिले पाठ्यपुस्तकले गोदामहरु भरिएका छन्,’ उनले भने,‘यो पटक बेलैमा पाठ्यपुस्तक पुगेकोले कुनै पनि विद्यालयहरु पाठ्यपुस्तक पाउनबाट बञ्चित हुने छैनन् । ’

उनका अनुसार ५५ भन्दा बढी विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अधिकांस विद्यालयले अर्डर गरिरहेको र केही विद्यालयहरुले पाठ्यपुस्तक खरिदका लागि सम्पर्कमा रहेको उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।