दूधको पथ घरघरमा जान्छ, स्वास्थ्यको सन्देश बोकी,
रक्सीको मोह भट्टी धाउँछ, बर्बादीको चाल ठोकी।
शुद्धताको प्रश्न दूधमा उठ्छ, “पानी मिसायो कि क्या हो?”
तर रक्सीको प्याला टक्र्याउने, शंका त्यहाँ कसले गरो?
दूधले ज्यान जोगाउँछ, सत्यको मार्ग समात्छ,
रक्सीले मन बिथोल्छ, झूटो संसारमा अल्झाउँछ।
दूधले जीवन लम्ब्याउँछ, बालापनमा स्वाद ल्याउँछ,
रक्सीले जिन्दगी छोट्याउँछ, आँसुको धार बगाउँछ।
जोशमा होश गुमाउनेहरू, भट्टीको ढोकामा लाइन हुन्छ,
दूध बेच्ने सच्चा मानिस, सधैं अपमानित किन हुन्छ?
शुद्धताको पथ दूधको हो, प्रेम र स्वास्थ्यको मान,
रक्सीको बाटो अन्धकार, बर्बादीको मात्र गान।
ए साथीहरू, सम्झौं यो फरक, जीवनको बाटो रोजौं,
दूध हो साथ दिने साथी, रक्सीलाई आजै छोडौं।
(प्रेमवादी समिर यात्री , रामेछाप जिल्ला, सुनपाती गाउँपालिका, वडा नं २, राम्चे हाल: काठमाडौं)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1