काठमाडौ । काभ्रेको पाँचखाल नगरपालिका स्थित कोशिदेखमा सवारी दुर्घटाना हुदा दुई जनाको मृत्यु भएको छ ।

विहिबार सांझ पाँच बजेतिर भएको दुर्घटनामा दुइजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मिनिट्रक चलाक स्थानिय कुमार रोक्का र निकेश रोक्का रहेका छन् ।

कोशिदेखको ठाटिबाट रोटेपिङ जादै गरेको बा ४ ख २२०२ नम्बरको मिनिट्रक बिले डाडा भन्ने ठाउँमा दुर्घटना भएको स्थानीय रेडियो नमोबुद्धका संवाददाता श्याम योञ्जनले जानकारी दिए ।

उनका अनुसार चालक कुमार वर्ष ३५ का थिए भने सहचालक निकेश २६ वर्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0