अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या १८ पुगेको छ।

भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको हो भने उपचारको क्रममा २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0