२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

रणवीर कपूुरको रामायणमा अयोध्याको सेट बनाउन ११ करोड खर्च

नयाँ दिल्ली । रणवीर कपूर अगामी फिल्म रामायणलाई लिएर चर्चामा छन् । फिल्मको सुटिङ बालकलाकारहरूको साथमा सुरु भइसकेको छ ।

हरेक दिन फिल्मसँग सम्बन्धित नयाँ नयाँ खबर बाहिर आइरहेका छन् । मल्टी–स्टारर यो फिल्म हलमा गएर हेर्ने दिन कुरेर दर्शकहरू पनि बसिरहेका छन् । यो फिल्ममा रणवीरले भगवान् रामको भूमिका निभाउने बताइएको छ । यो फिल्म ठुलो बजेटमा बन्न लागेको छ । शीर्ष कलाकारहरूले फिल्मका लागि मोटो रकम लिएका छन् ।

यस्तोमा फिल्मको सेट पनि त महँगो नै हुने भयो । सामाजिक सञ्जालमा फिल्मको सेटको तस्बिर भाइरल भइरहेका छन् । फिल्मका निर्माताहरू यतिबेला फिल्मको सुटिङमा व्यस्त छन् । फिल्ममा अयोध्या देखाउने सेटमा निकै मिहेनत भइरहेको छ । यसका लागि ठुलो रकम खर्च गरिएको छ । सञ्चार माध्यममा छापिएका खबरलाई पत्याउने हो भने फिल्मको लागि सेट बनाउन ११ करोड भारु खर्च गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फिल्मको निर्माण टिमका एक सदस्यले शेयर गरेका हुन् । एजेन्सी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।