२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रोल्पा माडी गाउँपालिका-१ जवाड घर भएका २९ वर्षीय रण बहादुर घर्ती र काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ घर भएका ३४ वर्षीय कर्ण सिंह साउद रहेका छन् । 

पक्राउ मध्ये रण बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपैयाँ र कर्ण सिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रण बहादुरलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट र कर्ण सिंहलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।