२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

हिजबुल्लाहद्वारा सैन्य कमाण्डर हत्याको बदला लिने प्रतिवद्धता

लेबनान । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले समूहका वरिष्ठ सैन्य कमाण्डर फाउद शोकोरको हत्याको कडा र प्रभावकारी बदला लिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कमाण्डरको हत्याको बदला अपरिहार्य रहेको बताउनुभयो । इरान र यमनका अन्य प्रतिरोधी शक्तिहरूसँगको सहकार्यमा वा अलग रूपमा बदला लिने उहाँले बताउनुभयो ।

नसरल्लाहले उत्तरी इजरायलका कारखानाहरूमा आक्रमण गर्ने धम्की पनि दिनुभएको छ । लेबनान र इजरायलमा बेरुतको दक्षिणी उपनगरमा रहेको दाहिहमा पछिल्लो आक्रमणपछि शोकोर र सात नागरिकको मृत्यु भएपछि सावधानी अपनाएको छ ।

नसरल्लाहले बारम्बार इजरायली आक्रमणको निश्चित र पीडादायी जवाफ दिने धम्की दिनुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।