काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ ।
पोखरा केन्द्रित आन्दोलनलाई स्थगित गरेर रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो ।
आज काठमाडौँको माइतीघरमा रास्वपाले आन्दोलन गरिरहेको छ । आन्दोलनमा रास्वपाका सांसदसहित नेता कार्यकर्ता र समर्थकहरू सहभागी छन् ।
पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर रास्वपाले आजबाट काठमाडौँमा प्रदर्शन सुरु गरेको हो ।
लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1