काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0