काठमाडौं । इजरायलमा बेन्जामिन नेतन्याहू सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उत्रिएका छन् ।
गाजामा बन्धक बनाइएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । बन्धक रिहा गर्न सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।
हातमा इजरायली झन्डा बोकेर तेल अभिभ, जेरुसेलम र अरू धेरै सहरमा प्रदर्शनकारी निस्किएका छन् । हमाससँग सम्झौता गर्न सरकारले धेरै काम नगरेको उनीहरूको भनाइ छ ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सयजनाको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।
आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो । तर, भीडले पछि प्रहरीका अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध गरियो । आन्दोलनकारीले टायर पनि जलाए ।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हड्तालको घोषणा गरेको छ । बन्धकको रिहाइका निम्ति सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।
इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले शनिबार दक्षिणी गाजाको रफाहस्थित सुरुङमा ६ शव फेला परेको जनाएको थियो ।बीबीसीबाट