काठमाडौं । प्रमृुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने ? भन्दै सत्तापक्ष सांसदलाई प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि सत्तापक्षले आपत्ति जनाएपछि जवाफ दिँदै त्यस्तो भनेका हुन् ।

“प्राधिकरणका दुईजना सञ्चालकले बक्यौता उठाउनुपर्छ भन्दा अपदस्त गरेको होइन रु त्यो महान कार्य हो भनेर ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने हामीले रु आईएम विथ केपी ओली भनिदिनुपर्ने रु,” उनको प्रश्न छ ।

उनले सशस्त्र संघर्षलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भनेकोमा आपत्ति जनाए । आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार नभएको चेतावनी दिए । “आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार छैन । कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वको चाकडी गर्ने स्वतन्त्रता छ,” उनले भने, “जनयुद्धका बारेमा विरोध गर्न उहाँको बैठक, भेलामा उहाँलाई स्वतन्त्रता छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0