काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । एमालेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद रहेकाले आचार्यले विश्वासको मत पाउने निश्चितजस्तै छ । ८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जनाकाे समर्थन चाहिन्छ ।
गएको शनिवार आचार्य एमाले प्रदेश संसदीय दलको नेतामा चयन भएका थिए । उनले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1