काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ को थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ
विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।
उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ । अरु तालहरु पनि जोखिममा रहेको छ । बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1