काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका छ्न् ।

शुक्रबार सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारिणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा उनले उद्योगको साथमा सरकार रहेको र डेडिकेडेट तथा ट्रंकलाइन बक्यौता नतिरेका उद्योगहरुको लाइन नकाटिने बताएका हुन्।

उनले भने, ‘तपाईंहरुले अब सरकारको ढोका ढक ढकाइरहन पर्दैन, साथमा सरकार छ, अहिले ट्रंक लाइनको समस्या आइरहेको छ, यो पनि हल होला, ढुक्कले काम गर्नुस। बरु हामी अध्यारोमा बसौला तर लाइन काटिदैन।’

उनले नवनिर्वाचित लाई शुभकामना दिदै निजि क्षेत्र र लगानी कर्ताहरु कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको बताए।

लगानीकर्ता र निजि क्षेत्रले सरकाराको साथ खोजिरहेकोले उनले ढुक्कले लगानी गर्ने आग्रह गरे। उनले भने, ‘ लगानी गर्नुहोस, तपाईंको लगानी कुनै पनि हालतमा खेर जाने दिइने छैन।’

प्रधानमन्त्रीले सबै मन्त्रालयलाय र मन्त्रीलाई ३ महिने कार्ययोजना प्रस्तुत गर्न माग गरेको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्री,सचीव, उपसचिव लाई एकदिनमा एउटा् नयाँ काम गरेको जानकारी दिन भन्नुभएको छ।त्यही अनुसार हामीले काम गरेर परिणाम दिन पर्ने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0