सर्लाही: चोरी मुद्दाका २४ वर्षदेखि फरार रहेका प्रतिवादी सर्लाही साविक नेत्रगंज गाविस-२ बस्ने लालसागर पासवानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०५८ असार १२ गतेको फैसलाले १ महिना १५ दिन कैद सजाय र ४५ हजार ८ सय ३२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1