धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । सो दिन विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए ।

नेपाली कांग्रेसका शाह नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहकार्यमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0