काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गर्नुका साथै पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक उपहार दिएका छन् ।
सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्रसचिव सेवा सम्सालको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल आएका विदेश सचिव मिस्रीले आज आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गर्नेछन् । उनी आजै स्वदेश फर्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1