काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् ।

विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, हसिना भारतीय मूलमा प्रवेश गरेकी छिन्।यसैबीच कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप सतर्कता र सुरक्षा बढाएको छ। विशेषगरी कोसी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ। सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ,’ उनले भने ।

भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0