भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ।

श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा हुने आजको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।रोहित शर्माको कप्तानीमा रहेको भारतीय टीम र चरित असलङ्काको कप्तानीमा रहेको श्रीलङ्कन टीमले आफ्नो पहिलो खेल बराबरीमा टुङ्ग्याएका थिए। त्यसकारण आजको खेलमा दुबै टोलीलाई जित्नै पर्ने दबाब रहन्छ।

आजको खेलमा जसले जितेपनि सिरिजमाथि कसले जित हात पार्छ त्यो भने अन्तिम खेलले तय गर्छ।३ खेलको एकदिवसीयमा भारतीय टीमले भने आजको खेलमा आफ्ना खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ।भारत र श्रीलङ्का बीच यसअघि भएको ३ खेलको टी–२० सिरिजमा भारतले सूर्य कुमार कप्तानीमा क्लिन स्वीप गरेको थियो।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय बुधवार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0