
काठमाडौँ । नेपाली कांग्रेसले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ ।
आज बिहान मकवानपुरकाे हेटौँडामा बसेको नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ तर उहाँको पक्षमा बहुमत नपुग्ने निश्चित छ । एमाले र कांग्रेसको सहमतिअनुसार बाग्मतीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
