नयाँदिल्ली । भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनाव भएको थियो । जसमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ भने सत्तारूढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले केवल दुई सिट मात्रै जितेको छ ।
एक सिट भने स्वतन्त्र उमेदवारले जितेका छन् । इन्डिया गठबन्धनबाट कांग्रेसले चार सिट, तृणमूल कांग्रेसले चार सिट तथा डीएमके र आम आदमी पार्टीले एक–एक सिटमा जित हासिल गरेका छन् ।
उपचुनावको नतिजा शनिबार आएको हो । बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1