काठमाडौँ । काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ ।
असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ । असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1