
रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५६ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन भएको घाेषणा गरेकी थिइन् ।
उमाकुण्ड गाउँपालिकाले ल्यायो २०८१/०८२ को लागि ५३ करोड,यस्तो छ नीति तथा कार्यक्रम

त्यस्तै वडा तर्फ वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं २ लाई ४२ लाख ८८ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार वडा नं ४ लाई ४७ लाख ६४ हजार र वडा नं ५ लाई ४५ लाख ७८ हजार गरी कुल वडागत रूपमा योजनाहरू तर्फ २ करोड २५ लाख रकम विनियोजन भएको छ ।
गोकुलगंगा गाउँपालिकाले ल्यायो ५० करोड ३३ लाखको बजेट;यी हुन् प्राथमिकताका क्षेत्र र आधारहरु
गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।

संघीय शशर्त अनुदान तर्फ कुल २२ करोड ४ लाख प्राप्त भएकोमा राजस्व बाँडफाँड तर्फ ७ करोड ६९ लाख, वित्तिय समानीकरण अनुदान तर्फ १० करोड ७३ लाख बजेट प्राप्त भएको छ ।
मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट
त्यस्तै शशर्त अनुदान चालु तर्फ २० करोड ८६ लाख प्राप्त भएको छ । संघीय समपुरक अनुदान(पुजिगत तर्फ) १ करोड बजेट प्राप्त भएको छ साथै शशर्त अनुदान ( पुँजिगत ) तर्फ १ करोड १८ लाख बजेट प्राप्त भएको छ । वागमति प्रदेश सरकारबाट कुल ६ करोड ५१ लाख ९७ हजार बजेट प्राप्त भएको छ जस मध्ये वित्तिय समानिकरण अनुदान तर्फ १ करोड ९ लाख २९ हजार शर्शत अनुदान पूजिगत तर्फ १ करोड १५ लाख शर्शत अनुदान चालु तर्फ १ करोड ७७ लाख ६८ हजार तथा समपुरक अनुदान तर्फ २ करोड र विशेष अनुदान तर्फ ५० लाख बजेट प्राप्त भएको छ।

संघीय राजस्व बाँडफाँड मार्फत कुल ७ करोड ६९लाखप्राप्त भएको तथा प्रदेश राजश्व बाँडफाँड मार्फत कुल १ करोड ९६ लाख २१ हजार प्राप्त भएको छ । यस मध्य चालु तर्फ ११ करोड ३२ लाख ५० हजार तथा पुजिगत तर्फ ११ करोड ९२ लाख ४७हजार ८ सय तथा वित्तिय व्यवस्था तर्फ ३ करोड ४२ लाख ३६ हजार २ सय रुपैया विनियोजन भएको छ ।
