रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ
“शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको आधार” भन्ने नाराको साथ गोकुलगंगा गाउँपालिकाले ५० करोड ३३ लाख बराबरको बजेट सार्वजनिक गरेको हाे ।
गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गरेका छन् ।
मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट ?
पालिकाले संघीय सरकारबाट ४० करोड ७२ लाख १७ हजार, प्रदेश सरकारबाट ८ करोड ५१ लाख ३ हजार १५० र पालिकाको आन्तरिक श्रोतबाट एक करोड १० लाख रुपैंया प्राप्त गर्ने अनुमान गरेको छ ।
प्राथमिकता क्षेत्रहरु ;
-कृषि तथा पशु सेवामा आधुनिकीकरण तथा ब्यवसायिकरणको लागि विशेष जोड
-पूर्वाधार विकास
-शिक्षा क्षेत्रमा गुणात्मक सुधार
-गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार सूचना प्रविधि तथा सञ्चारमा विकास
-सुशासन प्रर्वद्धन र सार्वजनिक सेवाको गुणस्तर उद्यम र सहकारीताको विकास
-विपद ब्यवस्थापन पूर्व तयारी राहत वितरण र पुर्नस्थापन, पुनःनिर्माण
-विपद् जोखिम उत्थानसिल बिकास र संभाबित विपत्तिपुर्ण अबस्थामा पनि अत्यावश्क सेवा सुविधामा पहुचको सुनिश्चितता
-ऐतिहासिक तथा साँस्कृतीक र धार्मिक पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड
-मानव संसाधन र सामाजिक विकास
-जलवायु उत्थानशिल कृषि तथा भूमि नमूनाको प्रयोग
-सवैको लागि स्वच्छ खानेपानीको उपलब्धता
-सामुदायिक वनको संरक्षण तथा ब्यवस्थापन लैंगीक हिंसा विरुद्धका कार्यक्रममा जोड
प्राथमिकताका आधारहरु ;
-आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने
-कृषि, पशुपालन, लघु उद्यम मार्फत स्वरोजगार सृजना गर्ने
-उत्पादनमूलक र छिटो प्रतिफल दिने
-राजस्व परिचालनमा योगदान पुयाउने
-सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुऱ्याउने
-स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने
-लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने
-कोहि पनि पछाडी नछुटुन भन्ने अभिप्रायका साथ बन्चितीकरणमा परेका सिमान्तिकृत समुदायलाई बिकासको मूल प्रबाहमा ल्याउने
-स्थान विशेषको संस्कृति र पहिचान प्रबर्धन गर्ने
आर्थिक वर्ष ०८१/०८२ को अनुमानित ब्यायको संक्षिप्त विवरण;
-वडागत सिलिङ्ग रु. ४ करोड ५० लाख
-प्रशासनिक चालु तर्फ रु. ११ करोड ७३ लाख
-शसर्त रु. २० करोड ६५ लाख ६५ हजार
-समपुरक तर्फ रु. ५ करोड २० लाख
-विशेष अनुदान तर्फ रु. ५० लाख
-पालिका तर्फ विभिन्न शाखागत, क्षेत्रगत र भुत्तानी हुन बाँकी योजनाको खर्च समेत रु. ७ करोड ७४ लाख ५५ हजार १ सय ५०
उमाकुण्ड गाउँपालिकाले ल्यायो २०८१/०८२ को लागि ५३ करोड,यस्तो छ नीति तथा कार्यक्रम